नियम ११२
अर्थ मन्त्रालयको काम र कर्तव्य
ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लेख भएको काम र कर्तव्यको अतिरिक्त अर्थ मन्त्रालयको आर्थिक प्रशासन सम्बन्धी काम र कर्तव्य देहाय बमोजिम हुनेछः–
(क) कुनै कार्यालयको कुनै रकमको निकासा पूरै वा आंशिक रूपले रोक्नु परेमा तद्नुसार निकासा रोकी महालेखा नियन्त्रक कार्यालय, सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय र संवैधानिक अङ्ग तथा निकाय र सम्बन्धित मन्त्रालयलाई सूचना गर्ने,
(ख) कुनै कार्यालयको स्वीकृत बजेट बमोजिमको रकममा नपुग रकमको व्यवस्था गर्न वा रकमान्तर गर्न परेमा सालबसाली विनियोजन ऐनको परिधिभित्र रही निकासा दिने र त्यसको बोधार्थ महालेखा परीक्षकको कार्यालय र महालेखा नियन्त्रक कार्यालयलाई दिने ।